दफा २२
नियम बनाउने अधिकार
(१) यो ऐनको कार्यान्वयनको लागि आयोगले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाउने नियममा नेपाल सरकारलाई आर्थिक भार वा दायित्व पर्ने विषय समावेश भएमा अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम आयोगले बनाएको नियम नेपाल राजपत्रमा प्रकाशन भएको मितिबाट प्रारम्भ हुनेछ ।